नियम ५९
लिक्विडेटरको नियुक्ति
: (१) ऐनको दफा ८९ को उपदफा (२) बमोजिम “पचास लाख रुपैयाँसम्मको सम्पत्ति भएको संस्थाको हकमा रजिष्ट्रारले आफु मातहतको अधिकृत कर्मचारीलाई लिक्विडेटर नियुक्त गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम नियुक्त लिक्विडेटरलाई रजिष्टारले लिक्विडेशन सम्बन्धी कार्यमा आवश्यक निर्देशन दिन सक्नेछ ।